इन्द्रेणी संवाददाता
घोराही, ९ असोज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेपछि बक्यौता रकम पनि उठ्न थालेको छ । एक महिनाको विचमा केन्द्रले ७० भन्दा बढी ग्राहकको लाईन काटेपछि करिब १७ लाख रुपैयाँ बक्यौता रकम उठेको छ ।
लमही र घोराही क्षेत्रका ग्राहकबाट १६ लाख ९४ हजार ५ सय ४७ बक्यौता रकम संकलन भएको वितरण केन्द्रका सुचना अधिकारी खेमराज भण्डारीले जानकारी दिनुभयो । उर्जा मन्त्रीमा जनाद्र्धन शर्माले विद्युत प्रयोग गर्ने तर महशुल नबुझाउनेको लाईन काटन् निर्देशन दिएपछि दाङमा पनि लाईन काटिएको छ ।
घोराही क्षेत्रका ७२ जना ग्राहकको लाईन काटिएपछि ९ लाख ९४ हजार ५ सय ४७ रुपैयाँ रकम उठेको छ भने लमही क्षेत्रबाट ९५ जना ग्राहकको लाईन काटिदा ७ लाख रुपैयाँ संकलन गरिएको सूचना अधिकारी भण्डारीले बताउनुभयो । घोराही वितरण केन्द्रले मासिक ४ लाख युनिट विद्युत बिक्रि गर्दा ४ करोड ५८ लाख ५६ हजार ८ सय ७४ रुपैयाँ संकलन गर्ने गरेको जनाएको छ ।
तत्कालीन उर्जा मन्त्री गोकर्ण विष्टले बक्यौता रकम संकलन गर्न लाईन काटन्े बिकल्प अपनाएपछि फेरिदै आउने मन्त्रीहरुले पनि सोही बिकल्पलाई प्रयोग गर्दै आएका छन् ।