काठामाडौं, ९ असोज । पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुन बस्ने गरी स्थगित भएको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।
बैठकमा अर्थ, सामान्य प्रशासन, शहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पूनर्निर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे रिपोर्टिङ् गरेको थिए ।
बैठकमा प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राख्नुभएको थियो । प्राधिकरण निर्देशक समितिको अर्को बैठक भोलि सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।
