इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । हामी धेरैको गुनासो हो नेपालको शिक्षा प्रणाली व्यवहारिक र व्यवसायिक छैन । त्यसै कारणले यो शिक्षा हासिल गरेका धेरै व्यक्ति÷जनसक्ति वेरोजगार छन् । रोजगारी पाएका पनि स्वदेशमा कमैछन् वढी विदेशी भूमिमा छन् । यो हाम्रो गुनासो कही रुपमा सत्य पनि होला । तर, यही गुनासाका विचमा राप्तीको एक मात्र बीबीए कलेज घोराहीको भिक्टोरिया इन्टरनेशनल कलेज व्यवसायिक जनसक्ति उत्पादनमा प्रयत्नशील छ ।

sus-1024x755गोरखा एजुकेशनल ग्रुपद्धारा सन् २००९ देखि घोराही नगरपालिका वडा नं. ११ लुहासुरमा सञ्चालनमा आएको उक्त कलेजले हालसम्म सातौ व्याजसम्मको व्यवसायिक जनसक्ति उर्तीण गरिसकेको छ । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भिक्टोरिया कलेज राप्तीकै एउटा मात्रै बीबीए कलेज हो । आठौ व्याजको लागि अहिले भर्ना खुल्ला गरेको छ ।

2जुनसुकै संकायबाट ‘प्लस टु’ द्धितीय श्रेणीमा उर्तीण गरेका विद्यार्थीहरुले बीबीए पढ्न पाउने व्यवस्था रहेको कलेजका प्रमुख केबी चौधरीले बताए । ‘बीबीए एउटा यस्तो शिक्षा हो जुन सैद्धान्तिक ज्ञानसँगै व्यवसायिक ज्ञान पनि प्राप्त हुन्छ, त्यही अनुरुप हाम्रो कलेजको उद्देश्य पनि व्यवसायिक जनसक्ति उत्पादन गर्ने हो’, जुन जनसक्ति वर्तमान मार्केटमा काम लाग्छ ।’

4एउटा विद्यार्थीले बीबीए कोर्ष पूरा गर्नका लागि ४ वर्ष लाग्ने जसमा आठ सेमेस्टर पार गर्नुपर्ने प्रमुख चौधरीको भनाइ छ । प्रत्यक वर्ष एक सेमेस्टरमा ४६ जना विद्यार्थीलाई भर्ना गर्दै आएको सो कलेजमा राप्तीका दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठान जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आउनुका साथै अन्य छिमेकी जिल्लाबाट पनि आउने गरेका कलेजले बताएको छ । अन्य संकायमा वढी सैद्धान्तिक ज्ञानको पठनपाठन हुने तर बीबीएमा वढी व्यवहारिक शिक्षाको पठनपाठन हुने गर्दछ ।

1आठौ व्याजका लागि अहिले भर्ना खुल्ला गरिएको कलेजका प्रमुख चौधरीले जानकारी दिए । असोज १० गतेसम्म भर्नाको अन्तिम अवधि रहेको र ११ र १२ गते प्रवेश परीक्षा हुने उनले बताए । प्रवेश परीक्षा लगतै भर्ना शुरु गर्नुका साथै दशैतिहार सकिए लगतै पठनपाठका कक्षा शुरु हुनेछ । कलेजले निकट भविश्यमा एमबीए कक्षा सञ्चालन गर्ने लक्ष्य राखेको पनि चौधरीले जानकारी दिए । ‘निकट भविश्यमा एमबीए कार्यक्रम ल्याउने तयारीमा छौं’, उनले भने, ‘यो कार्यक्रम अहिले प्रस्तावित कार्यक्रमको रुपमा रहेको छ ।’

11108409_891195330943983_2496513115806718766_n