काठमाडौं, ९ असोज । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दैछ । बैठकले पुननिर्माणमा भइरहेको कामको समिक्षा गर्दै थप रणनिति तय गर्ने छ ।

25092016090208pppp-600x0माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । प्रधानमन्त्री दाहाल निर्देशक समितिको अध्यक्ष समेत हुनुहुन्छ । आजको वैठकमा पुनर्निर्माण प्राधिकरणले गरेको कार्यको समीक्षा लगायत अन्य समसामायिक बिषयमा छलफल हुने पुनर्निर्माण प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

आजमा वैठकमा विशेषगरी पुनर्निर्माण प्राधिकरणको संरचना, भूकम्प प्रभावित क्षेत्रमा खटिने इन्जिनियरहरुको करार थप, पीडितले समयमै पहिलो किस्ता पाउन नसक्नुको कारण र सरकारले घोषणा गरेको थप एक लाख राहत रकम कार्यान्वयनका विषयमा छलफल हुने प्रवक्ता थपलियाले बताए ।