जिल्लाको केन्द्रमा रहेको नारायणपुरबाट सञ्चालनमा आएको नारायणपुर व्यवस्थापन क्याम्पसले वृहत छलफल कार्यक्रम आज सम्पन्न गरेको छ । त्रिपुर क्षेत्रमा पहिलो र एकमात्र व्यवस्थापन संकायको पढाई सुरु थालेको क्याम्पसले ‘त्रिपुर नगरपालिका क्षेत्रको विकासमा नारायणपुर व्यवस्थापन कलेजको भूमीका’ विषयक अन्तरक्रिया कार्यक्रम यस क्षेत्रका सरेकारवालाहरुसँग छलफल गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सबै क्षेत्रबाट विकास भईरहेको त्रिपुर नगरपालिका क्षेत्रमा शैक्षीक विकासको पनि आवश्यकता भएकाले यो क्याम्पसले शैक्षीक विकासको रुपमा भूमीका खेल्ने बताएका थिए ।
क्याम्पसको बारेमा जानकारी दिदै क्याम्पस सञ्चालक नारायण लामीछानेले त्रिपुर क्षेत्रको शैक्षीकका साथै सम्पूर्ण क्षेत्रको विकासमा यो क्याम्पसको देन हुने बताउनुभयो । उहाँले त्रिपुरको विकासकालागी शैक्षीक विकास पनि आवश्यक भएकाले यस क्याम्पसले शैक्षीक विकासमा आमूल वरिवर्तन ल्याउने बताउनुभयो । त्रिपुर नगरपालिका क्षेत्रमा पहिलो पटक स्थापना भएको व्यवस्थापन संकायको यस क्याम्पसले म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुको लागी आफ्नै ठाँउमा शिक्षा दिने बताउनुभयो ।
साथै उहाँले अभिभावकहरुलाई पनि यस क्याम्पसमा आफ्ना छोराछोरीहरुलाई भर्ना गरेर गुणस्तरिय शिक्षा दिन अनुरोध गर्नुभयो । लामीछानेले क्याम्पस परिवारले संख्यांत्मक भन्दा पनि गुणस्तरिय शिक्षामा जोड दिने उहाँको भनाई छ । त्रिपुर क्षेत्रको व्यवस्थापन संकायको पहिलो क्याम्पस यस क्याम्पसमा दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट अध्याापन हुने र स्वाच्छ तथा शान्त वातावरणमा पढाई हुने क्याम्पसका सञ्चालक जितेन्द्र केसीले जानकारी दिनुभयो । असोज ५ गतेदेखी फाराम खुला गरिएको र कात्तिकबाट पढाई सुरु हुने केसीले बताउनुभयो ।
क्याम्पसका अध्यक्ष युवराज रावतको अध्यक्षता एवं सिद्ध रत्न नाथ क्याम्पस नारायणपुर व्यवस्थापन समितिका अध्यक्ष भरतमणी खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस त्रिपुरका अध्यक्ष दिपक पाण्डे, उच्च मावि नारायणपुरका प्राचार्य टोपबहादुर केसी, नेपाल शिक्षक युनियन दाङका पूर्वअध्यक्ष चिन्ताबहादुर बुढाथोकी, प्याब्सन दाङका केन्द्रिय सदस्य सरिता देवकोटा, सिद्ध रत्न नाथ क्याम्पस नारायणपुरका प्रमुख प्रभा पोख्रेल, नेपाल संस्कृत विश्वविद्यालयका हरिबहादुर डिसी, शैक्षीक तालिम केन्द्र तुल्सीपुरका प्रशीक्षण डिल्लीराज आचार्य, कांग्रेसका जिल्ला सदस्य कमल वली, महतावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी(जलौरा), शिक्षाप्रेमी चन्द्रप्रसाद चौधरी(बुटुनिया) ले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्याम्पसका सञ्चालक नारायण लामीछानेको स्वागत मन्तव्वयबाट सुरु भएको कार्यक्रमको सहजिकरण अर्का सञ्चालक भुपबहादुर रावतले गर्नुभएको थियो ।
