इन्द्रणी संवाददाता
बाँके, ९ असोज । बाँकेमा वलात्कारपछि एक युवतीको हत्या गरिएको छ । मटेहिया गाविसमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीले बताएको छ ।

rape-s_650_071816020209शनिवार साँझ करिब ७ः३० बजे गाउँ बाहिर शौचालय गएकी २४ वर्षीया ती युवती हराएपछि गाउँले र प्रहरी टोलीले रातभर खोजी गर्दा नभेटिएकी ती युवतीको आज विहान मात्रै शव भेटिएको छ ।

आइतवार विहान स्थानीय विद्यालय नजिकैको कुलोमा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज किरण पोखरेलले जानकारी दिएका छन् । शवको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या भएको उनले बताए ।

विधिवत जाँचका लागि जिल्ला प्रहरीबाट अनुसन्धान ब्युरोको टीम मटेहिया पुगेको छ मटेहिया–६ स्थित गाउँ नजिकै रहेको कुलोमा डुबाएको अवस्थामा शव फेला परेको प्रहरीको जनाएको छ । घटनामा संलग्न रहेकाहरुबारे अनुसन्धान अघि बढाइएको प्रहरी इन्चार्ज पोखरेलले बताएका छन् ।