काठमाडौं ८ असोज । नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै जाने गरि लोडसेडिङ घटाउने तयारी गरेको छ ।
दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
