(एजेन्सी), ८ असोज । पछिल्लो समयमा भारत र पाकिस्तान दुबै देशले युद्धको तयारी कै झल्को दिने गरी सैन्य गतिविधि बढाएका छन् । दक्षिण एशियाका यी दुई आणविक शक्ति सम्पन्न देशबिचको तनाव सतहमा आएको छ । काश्मिर विवादका कारण दुई देश बिच युद्धको संकेत देखिएको छ ।

indian_army_t-72_image1पाकिस्तानले बिहीबार राति लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा गएको बिहीबार राति चार लडाकु विमान उडेका थिए ।

यसअघि बिहीबार नै भारतीय सेनाले काश्मिरमा हातहतियार तथा बन्दोबस्तीका सामानको तैनाथी बढाएको थियो । काश्मिरमा कुनैपनि स्थितिको सामना गर्न भारतीय सेनाले नियन्त्रण रेखामा युद्धका लागि १ सय ५ वटा मध्यम खालका तोप लगायतका हतियार, र अरु उपकरण तैनाथ गरेको बिबिसीले जनाएको छ ।

भारतीय सेनाले बुधबार रातिदेखि नै काश्मिरको नियन्त्रण रेखा नजिक युद्ध सामाग्री पुर्यान सुरु गरेको बताइएको छ । काश्मिरको विषयमा भारत र पाकिस्तानबिच वर्षौंदेखि विवाद छ । पछिल्लो समय विवाद चर्किएपछि सो क्षेत्रमा कफ्र्यु लगाइएको छ ।