चितवन, २३ बैशाख
चितवनमा सम्पन्न नेपाल मगर संघको ११ औ महाधिबेशनवाट नविन रोका मगर अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी बालसिंग काउछा र गंगा बहादुर थापालाई पराजित गर्दै रोका १५० मत प्राप्त गरी अध्यक्षमा निबातिचत हुनुभएको हो ।nabin

उहाँका प्रतिस्पर्धी काउछाले ८७ र थापाले ३४ मत प्राप्त गर्नुभएको थियो । यसैगरी संघको उपाध्यक्षमा गुरु प्रसाद घर्ती, महासचिबमा ज्ञानेन्द्र पुन, सचिबमा रेनुका काउचा, महिला उपाध्यक्षमा गंगा खासु मगर र पुर्बाञ्चल उपाध्यक्षमा सिता राना मगर बिजयी हुनुभएको छ ।

मध्यमाञ्चल उपाध्यक्षमा कमल पिठाकोटे मगर, पश्चिमाञ्चल उपाध्यक्षमा मन्धरी आले मगर, मध्य पश्चिमाञ्चल उपाध्यक्षमा निम बहादुर बुढा, सुदुर पश्चिमाञ्चल उपाध्यक्षमा तेज तरामी मगर निर्बाचित हुुनुभएको छ । त्यस्तै भाषिक तर्फ काईके उपाध्यक्षमा भिम रोकाय, बाह्र मगरात उपाध्यक्ष दल बहादुर बिरकट्टा र १८ मगरात उपाध्यक्षमा पुर्ण बहादुर घर्ती मगर निर्बिरोध चयन हुनुभएको छ ।।