इन्द्रेणी संवाददाता
दाङ, १७ चैत ।
एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस भरतपुरले हिजो नयाँ विद्यार्थीहरुलाई स्वागत र पढाइ पूरा गरेर जाने विद्यार्थीहरुलाइ बिदाइ गरेको छ ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले गरीबका छोराछोरीले पढ्ने त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय अहिले शैक्षिक माफियाका कारण धराशायी हुन थालेको भन्दै यसका तमाम समस्या हटाउन शैक्षिक आन्दोलन केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
२८ बर्षको उमेर हदबन्दी नेविसंघले नमान्दा स्ववियु निर्वाचन घोषणा हुन नसकेको भन्दै उहाँले स्वस्थ प्रतिष्पर्धाका लागि तयार हुन अन्य संगठनहरुलाई आग्रह गर्नुभयो ।इकाइ उपाध्यक्ष बिनोद भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन इकाइ सचिव गिरबहादुर महराले गर्नुभएको थियो ।।
