इन्द्रेणी संवाददाता
दाङ, १७ चैत्र ।
देशलाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको ९ वर्ष वितिसकेको छ । २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको भएपनि जातिय विभेदका घटनाहरु भने रोकिएका छैनन् । दलित भएकै कारण दाङको तुलसीपुरमा एक दम्पत्तिलाई कोठा छाड्न भन्दै दवाव दिईएको छ ।
तुलसीपुर नगरपालिका–३ श्रीगैस्थित एक घरमा बसेका दलित परिवारलाई घरबाट निस्कन घरधनीले दवाव दिदै कोठा चोख््याउन पुजापाठ समेत गरेका छन । आफूहरु दलित भएको थाहा पाएपछि सीता भण्डारीको परिवारले कोठा चोख्याउन पूजापाठ गरेको पीडित परिवारले वताएको छ ।
रोल्पा नुवागाउँ–६ का नन्दकुमार बिक र उहाँकी श्रीमती भिमा बिक बसेको कोठा कोठा चोख्याउन पूजापाठ गरेको पीडित परिवारले जनाएको छ । अध्ययनको शिलशिलामा गत असोज ५ गतेदेखि भण्डारीको घरमा कोठा भाडामा लिएर बस्दै आएका आफूहरुलाई हिजो कोठाबाट निकाली पूजापाठ गरिएको पीडित नन्दकुमारी बिकले जानकारी दिनुभयो ।
उनीहरुलाई घरधनीले यसअघि पनि पटक–पटक दलित भन्दै मानसिक तनाव दिने गरेको वताईएको छ ।।