काठमाडौं – स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालमा आफ्ना गुप्त दुत पठाएको खुलासा गरेकाछन । सरकारी अस्पतालले दिने सुबिधा तथा सर्वसाधारनले खेप्ने सास्तीको बारेमा जानकारी लिन स्वास्थ्य मन्त्रीले यसो गरेका हुन् । मन्त्री थापाले आफ्ना  स्वयंसेवक युवालाई बिरामीको भेषमा प्रत्येक सरकारी अस्पतालमा परिचालन गरेका छन् ।
gaganthapabanner
ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् ।

अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् ।