पर्वत, ७ असोज । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा  गरिएको छ ।

सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा गरेको हो । पौडेलले कैद मिनाहा पाएपछि उनीह घर फर्किएका छन् । बाबुको हत्या गरेका पौडेल घर फर्किपछि पीडित परिवार र गाउँले नै त्रस्त भएका  छन् ।

मानसिक सन्तुलन बिग्रिएका निर्मल पौडेललाई माफी दिएकाले उनका आफ्नै परिवार डराएका हुन् । पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।