दाङ । जन्मदिनको उपलक्ष्यमा पत्रकार महासंघ दाङका सदस्य एवं प्रेस सेन्टर दाङका सह–सचिव जनक नेपालीले रक्तदान गर्नुभएको छ । २६ औ जन्मदिनको उपलक्ष्यमा घोराही स्थित ब्लड बैङका पुगेर रक्तदान गर्नुभएको हो ।  रक्तदान नै जीवन दान भएको बताउँदै अप्ठेरोमा परेका असाहय गरिव र रगत किन्न नसक्नेहरुका लागि आफुले रक्तदान गरेको वताउँनुभयो ।

14358746_1196324023764268_4801732836788291017_n1

रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको वताउँनुभयो । जनचेताको अभावका कारण पछिल्लो समय रक्तदान गर्नेहरुमा कमी आएको वताउँदै त्यसका लागि समाजमा सबै व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

जन चेतनाको कमीले ग्रामीण भेगका सर्वसाधारण रक्तदान गरेमा शारिरीक रुपमा कमजोर हुन्छ भन्ने माननिकता बोकेको वताउँदै ब्लडबैङ्कले जनचेतनाका कार्यक्रम गाउँ तह सम्म पु¥र्याउनुपर्ने नेपालीको भनाई छ।