इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । दाङको उरहरी र हस्नापुर गाउँ जोड्ने पक्की पुल निर्माणसँगै यहाँका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
उक्त पुल २०७१ साल साउन २९ गते बाढीले बगाउँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको थियो । बगाएको पुल पुनर्निर्माण गरिएपछि स्थानीयवासी खुसी भएका छन् ।
तुलसीपुर–१९ स्थित क्वाङखोलामा ९३ लाख रूपैयाँको लागानीमा पक्की पुल निर्माण गरिएको हो । जिल्ला विकास समिति, दाङले पुल निर्माणको जिम्मा जुद्ध एण्ड पूर्ण निर्माण कम्पनीलाई दिएको थियो ।
९२ लाख ९६ हजार तीनसय ४६ रूपैयाँमा १२ मिटर लम्बाइ र ४ दशमलव ८५ मिटर चौडा पुल निर्माण भएको ईञ्जिनियर थमप्रसाद पाण्डेले जानकारी दिए ।
