;fGh]g hnljB't cfof]hgflrlnd] hnljB't cfof]hgfn] lgdf{0f ul//x]sf] tNnf] ;fGh]g hnljB't cfof]hgfsf] ;'?ªu dfu{ . tl:a/ M /d]z nD;fn, /f;;

काठमाडौं, ७ असोज । दुई वर्षदेखि निर्माण कार्य रोकिएको चमेलिया सुरुङको काम शुरु हुने भएको छ । ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएपछि काम शुरु हुने भएको हो । सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि उक्त सुरुङको काम अघि वढ्न सकेको थिएन ।

;fGh]g hnljB't cfof]hgflrlnd] hnljB't cfof]hgfn] lgdf{0f ul//x]sf] tNnf] ;fGh]g hnljB't cfof]hgfsf] ;'?ªu dfu{ . tl:a/ M /d]z nD;fn, /f;;
अहिलेका उर्जा मन्त्री जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरियसनामा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको थियो ।

हिजो विहीबार उर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी काम गर्न सहमत भएको हो ।

उर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरण, सिभिल ठेकेदार मेजुवा वाटर एण्ड पावर ग्रसप कम्पनी तथा परामर्शदाता कम्पनी साह सिल्ट आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेप्टेमबरदेखि अवरुद्ध साँघुरिएको काम अघिबढाउन चिनियाँ कम्पनी सहमत भएको छ ।