उज्ज्वल आचार्य
नारायणपुर ७, असोज । यही असोज ८ गते शनिवारमा दिन डुरुवा गा.वि.स अन्तर्गत वडा नं. ४ कोठरी स्थित स्वास्थ्य चौकि भवनमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । त्रिपुर नगरपालिकामा मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको लायन्स क्लव अफ दाङ नारायणपुरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

निशुल्क स्वास्थ्य शिविरमा राप्ती उपक्षेत्रिय अस्पताल घोराही दाङका कन्सल्टेन्ट सर्जन तथा मेडिकल सुपरिटेण्डेट डा. जनार्दन पन्थीको नेतृत्वमा वालरोग विशेषज्ञ डा. कुवेरकुमार रेग्मी, स्त्रीरोग विशेषज्ञ डा. रमेश यादव, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. आकाश पोख्रेल, जनरल चेकअप डा. उमेश रेग्मी, जनरल चेकअप डा. रविन चन्द को विशेषज्ञ टोली निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधि वितरण गर्ने छ ।
लायन्स क्लव नारायणपुरले आयोजना गरेको सो निशूल्क स्वास्थ्य शिविरमा त्रिपुर नगरपालिकाको कार्यालय नारायणपुर, डुरुवा गा.वि.स.को कार्यालय कोठरी, स्वास्थ्य चौकि डुरुवा तथा दाङ जिल्ला एवँ वाँके जिल्लाका औषधि विक्रेताहरुले विशेष सहयोग गरेका छन् । निशुल्क शिविर विहान ७ वजे देखि साँझ ५ वजे सम्म संचालन हुने क्लव का अध्यक्ष गोपाल लम्सालले जानकारी दिनुभएको छ ।











