दाङ २३ बैशाख
तुलसीपुर पड्ढा निबासी कालुराम चौधरीले ब्यबसायीक रुपमा आयुर्बेद जडिबुटी उत्पादन गर्दै आउनु भएको छ । आफ्ना बाबुबाजेले गर्दै आएको पुख्यौली पेसाको रुपमा चौधरीले चार वर्ष देखि आर्युर्बेद जडिबुटी उत्पादन गर्दै आउनु भएको हो । जुडीबुटी उत्पादन आम्दानीको स्रोत बनेको उहाको भनाई छ ।kalu

उहाले २ कठ्ठा जग्गामा आयुर्बेद जातका बिभिन्न जडीबुटि उत्पादन हुने विरुवा पनि रोप्नु भएको छ । त्यसको साथै केही जडीबुटि गाँउ, घर, जंगलबाट संकलन गर्दै आउनु भएको छ । आफ्नै खेतबारीमा लहरे गुर्जी, गाने गुर्जी, बेसार, बाई अदुवा, पेटमारी, झल्मीेले, घिउकुवारी लगायतका जडबुटि रोप्नु भएको छ ।

तस्वीर –रेखा मगर

ग्याँस्टीक, युरीक यसीट, पत्थरी, मधुमेह, जन्डीस लगायतका बिरामीहरु घर मै जाने गरेका छन । एलोपेथिक औषधी भन्दा धेरै स्वास्थ सुधार हुने उहाको भनाई रहेको छ । स्वास्थ्यमा सुधार हुनको लागि केही समय लाग्ने गरेपनि जडीबुटिले स्वास्थ्यमा नकारात्मक असर नगर्ने बताउनु हुन्छ ।।