धनिराम शर्मा (ऋतुविचार)
नेपाल पर्यटन क्षेत्रमा विश्वको दश उत्कृष्ट गन्तव्य मध्ये प्रमुख भएपनि राज्यको यथोचित नीति र कार्यक्रमको अभावमा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका छन् । पर्यटनका प्राकृतिक सांस्कृतिक र साहसिक आयामले समृद्ध भएपनि प्रवद्र्धन र पूर्वाधारमा लगानी हुन नसक्दा पर्यटकीय सम्पदाहरु ओझेलमा परेका हुन् । पर्यटनको नयाँ गन्तव्य प्यूठानको गौमुखी क्षेत्र प्राकृतिक सांस्कृतिक वैभवले समृद्ध भए पनि राज्यको यथोचित ध्यान पुग्न सकेको छैन, राज्यले खासै ध्यान दिन नसके पनि स्थानीय समुदाय नै पर्यटन विकास गर्न कस्सिएका छन् ग्रामीण पर्यटनको नयाँ मोडलमा विकास गर्न उनीहरु लागि परेका हुन् । वैभवपूर्ण गौमुखी क्षेत्रको विकासका लागि राज्यले आधारभूत पूर्वाधारमा लगानी गर्न नसक्ता अपेक्षाकृत विकास हुन नसकेको उनीहरुको धारणा छ ।
वैभवपूर्ण गौमुखी क्षेत्र
प्यूठानको गौमुखी जस्ता प्रकृतिका अदभुत सुन्दरताले सजिएका क्षेत्र पर्यटनका गतिला आयाम हुन्। समुद्रीसतहबाट करिब १ हजार पाँच सय मीटरको उचाईमा अवस्थित गौमुखी प्रकृतिमा रमाउनेहरुका लागि रमणीय गन्तव्य हो, बसन्त ऋतुमा गुराँसले ढाकिने अनि शरद ऋतुमा दर्जनौ फूलहरुले ढकमक्क ढाकिने, जैविक विविधता,बाइमुलमा मलेवा चराको अदुभूत प्रदर्शन,सूर्योदयको बिहानीको अदभूत दृष्य, सदैव कन्चन जलधाराहरुले लुकामारी खेल्ने गौमुखी क्षेत्र वास्तवमै अप्सरा जस्तै छ, जुन प्रकृतिमा रमाउनेहरुका लागि स्वर्ग नै हो ।
प्यूठान सदरमुकाम खलंगादेखि उत्तरपूर्वमा फैलिएका दश गाविसको संगम क्षेत्र गौमुखी क्षेत्र हो,उत्तरमा बाग्लुङ र पूर्वमा गुल्मी जिल्लासंग सिमाना जोडिएको गौमुखी क्षेत्र प्रकृतिको अनुपम सुन्दरताले बेहुली जस्तै सजिएको छ,प्रकृतिका अनुमप सुन्दर छटाले सिंगारिएका गौमुखी क्षेत्रमा पुग्ने जो कोहीलाई स्वर्गीय आनन्द मिल्ने गर्दछ, विहानीको सूर्याेदयको अदभुत दृष्य, बाइसमुल झरनाको छङ छङ सुस्केरा अनि गौमुखीको जलधाराहरुले जो कोही भ्रमणकर्तालाई मोहित बनाउने गर्दछ । ओखरकोटको सूर्याेदय, टापुबाट देखिने हिमश्रृखलाको अवलोकन, मगर समूदायको सांस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनालाई मोहित बनाउछन् । ओखरकोटको रक गार्डेन,झिम्रुक आसपासका साना खोँच बेसी,ओखरकोटको ऐतिहासिक कोट घर, बादीकोटको गढीकोट, पूजाँ तामाखानी, लिबाङको स्नाथान, दियाल्नाचौर, तुषाराको कोट, खुङका गुफाहरु, रजबारा मगर संस्कृति, बाङ्गेमरौठको कौछेको राजनीतिक स्थानको महत्व र विविध जातजातिको संगम स्थल गौमुखीका मुख्य आकर्षण हुन् ।
सरसफाईमा उत्कृष्ट गौमुखी क्षेत्र प्राकृतिक सांस्कृति र राजनैतिक अवलोकन अध्ययन भ्रमणको गतिलो गन्तव्य भएकोमा कुनै दुइमत छैन तर राज्यको ध्यान पुग्न नसक्दा गौमुखी अथाह प्राकृतिक सौन्दर्यताले बजार भेटाउन सकेको छैन । यद्यपी समुदायको पहलमा गौमुखी क्षेत्रमा पर्ने दश गाविसलाई समेटेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको छ। संपदाको संरक्षण,आधारभूत पूर्वाधार निर्माण,पर्यटन शिक्षा, होमस्टे संचालन नयाँ गन्तव्यहरुको खोजी पदमार्ग निर्माण जस्ता कामहरु गत दुइ वर्षदेखि हुन थालेका हुन् ।
गौमुखी क्षेत्र ग्रामीण पर्यटन विकासको उत्कृष्ट मोडल
गौमुखी क्षेत्रको प्रवेशद्धारको रुपमा रहेको ओखरकोटलाई विश्वकोष परियोजनाको माध्यमबाट अगाडि बढाइएको छ, समुदायको पहलमा विसं २०६७ देखि ग्रामीण पर्यटन विकासको नयाँ मोडल आरम्भ गरिएको हो । विज्ञहरुको खोज अनुसन्धानबाट प्राप्त तथ्य र सुझावका आधारमा ग्रामीण पर्यटन विकासको मोडलको अभ्यास गर्न थालिएको हो , ओखरकोटबाट आरम्भ भएको पर्यटन विकासको अभियान यतिबेला दश गाविसमा पुराइएको छ । गौमुखी क्षेत्र अन्तरगतका अर्खा, लिबाङ, पूँजा,बादीकोट, नारीकोट,बाङगेमरौठ,ओखरकोट,खुङ रजवारा र तुषारा गाविसहरुलाई जोडेर गौमुखी पर्यटन वृहत क्षेत्र भनेर नामाकरण गरिएको छ, समुदायको नेतृत्वमा गौमुखी क्षेत्र पर्यटन विकासको गुरुयोजना निर्माण भई कार्यान्वयनमा छ । जनसहभागितामा पर्यटन विकासको मोडेल ओखरकोट विश्वकोष परियोजनाको विस्तार गर्दै गौमुखी क्षेत्रका दश गाविसमा प्रयोग भइरहेको हो, विश्वकोष परियोजनापछि पर्यटन आगमनमा वर्षेनी बद्दो छ, सयौ पाहुनाहरुले गौमुखी क्षेत्रमा धेरै रात बिताउन थालेको तथ्याँक छ । स्वदेशी मात्र होइन विदेशी पाहुनाको आकर्षण केन्द्र बन्दै गएपछि समुदायमा नयाँ उत्साह र हौसला बढेको स्थानीय अगुवा डम्बर जिसीले बताए, तर पर्यटन प्रवद्र्धनमा सरकारी ध्यान पर्याप्त नभएको जिसीको गुनासो छ ।
गौमुखी क्षेत्रको अदभुत सौन्दर्यता जीवनशैली संस्कृति ऐतिहासिक कोट घर हिमश्रृखलाको दृष्यका साथै कम्युनिष्ट हस्तीहरुको जन्मभूमिका कारण पाहुनाहरु पुग्ने गर्दछन् । स्थानीय कला संस्कृति खानपानमा रमाउदै अध्ययन र अवलोकन गर्ने चाहाना र योजनाका साथ गौमुखी क्षेत्रमा पर्यटक पुग्ने क्रम बद्दो छ, स्थानीयको पहलमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न पहल थालिएको भएपनि सरकारी लगानी र ध्यान पुग्न नसक्ता पर्याप्त सेवा सुविधाको व्यवस्था अझै हुन सकेको छैन । पर्याप्त सेवा सुविधा हुन नसक्दा पर्यटन विकासको आधार होमस्टे थाम्न स्थानीयलाई धौ धौ ।
स्थानीय समुदायको नेतृत्व र पहलकदमीमा समग्र गौमुखीको कृषी पर्यटन वन संस्कृति, उद्यम लगायतका आयामहरुको प्रर्वद्र्धन गर्न थालिएको छ ।पर्यटन मैत्री सामाजिक संस्कार, पाहुनाको आतिथ्यता सरसफाईले गौमुखी क्षेत्र उत्कृष्ट छ, समुदायको नेतृत्व र पहलमा पर्यटन विकास गर्न पहल थालिएको गौमुखी पर्यटकीय क्षेत्र संभवतः नेपालको पहिलो ग्रामीण पर्यटनको उत्कृष्ट मोडल हुनसक्छ । गौमुखी क्षेत्र अन्तरगतका अर्खा, लिबाङ, पूँजा,बादीकोट, नारीकोट,बाङगेमरौठ,ओखरकोट,खुङ रजवारा र तुषारा गाविसहरुलाई जोडेर गौमुखी पर्यटन वृहत क्षेत्र भनेर नामाकरण गरि ग्रामीण पर्यटनको उत्कृष्ट मोडलको रुपमा विकास गर्न थालिएको छ, जनसहभागितामा पर्यटन विकासको मोडेल ओखरकोट विश्वकोष परियोजनाको विस्तार गर्दै गौमुखी क्षेत्रका दश गाविसमा प्रयोग हुन थालेको हो ,परियोजनापछि पर्यटन आगमनमा वर्षेनी बद्दो छ, सयौ पाहुनाहरुले गौमुखी क्षेत्रमा धेरै रात बिताउन थालेका छन् । गौमुखी समुदायको पहलमा ग्रामीण पर्यटन विकासको नयाँ मोडेलको रुपमा विकास भईरहेको विज्ञहरुको विश्लेषण छ । गौमुखी क्षेत्रको ग्रामीण जीवनशैली , मौलिक संस्कृति,मौलिक खेती प्रणाली, स्थानीय परिकार इत्यादीले पाहुना लोभिने गर्दछन् । जसका कारण स्वदेशीको चाप बढी नै छ,पछिल्लो समयमा धेरै विदेशी पाहुनाहरु गौमुखी क्षेत्रमा पुग्ने गरेको तथ्यांक छ। पर्यटकीय क्षेत्र गौमुखीमा पाहुनाहरु वर्षेनी बढ्न थालेपछि स्थानीयमा उत्साह बढेको छ ।गाँउमा यसरी पाहुना आउलान् अनि घरमै पैसा कमाउने जोहो हुन्छ भन्ने कल्पना समेत नगरेका उनीहरु पर्यटकको आगमन ह्रवात्तै बढेपछि खुशी भएको होमस्टे संचालिका शकुन्तला जिसीले बताईन् ।
प्रचार प्रसार हुन थालेपछि गौमुखी स्वदेशी मात्र होइन विदेशी पाहुनाहरुको उचित गन्तव्य बन्दै गएको छ, गौमुखीको अवलोकन अध्ययन र मनोरन्जन गर्न पाहुनाहरु एक साताको प्याकेज लिएर पुग्ने गरेका छन् । स्थानीयको आतिथ्यता मौलिक संस्कृति, स्थानीय कला सीप, खेतिप्रणाली, जीवनशैली स्थानीय उत्पादन, स्थानीय परिकारहरुमा उनीहरु रमाउने गर्दछन्,यद्यपी होमस्टे प्याकेज रुट गाइट, सरसफाई, ग्रामीण बाताबरण, वनजंगलको अवलोकन,ट्रेकिङ रुट जस्ता महत्वपूर्ण पक्षमा अझै सुधार गर्न सके हजारौ पर्यटकले गौमुखी मात्र होइन नेपालभर लाखौ जर्मन पर्यटक सि–मीनले बताईन् ।
गौमुखी क्षेत्रको पर्यटन विकास गर्न स्थानीयको सहभागितामा कार्यक्रमहरु अगाडि बढाइएका छन्, समुदायको पहलकदमीलाई व्यवस्थापिका संसद सदस्य दुर्गा पौडेलले साथ दिएकी छन् उनको नेतृत्वमा ग्रामीण पर्यटन प्रवद्र्धन र पर्यटन शिक्षा र चेतनामा विविध कार्यक्रमहरु भइरहेको स्थानीयले बताए । गौमुखी क्षेत्रको पर्यटन विकासको नेतृत्व गरिरहेकी व्यवस्थापिका संसद सदस्य दुर्गा पौडलले राजनीनितिक उपलब्धीलाई नागरिकमा अनुभूति गराउन आर्थिक विकास अनिवार्य रहेको दावी गरिन समृद्धिको एक महत्पूर्ण आधार पर्यटन भएकोले ग्रामीण पर्यटन विकासमा आफू लागि परेको पौडेलको धारणा छ ।
अदुभूत, मनोरम र सुन्दर गौमुखी क्षेत्रको कमजोर पर्यटन पूर्वाधार
गौमुखी क्षेत्र प्रकृतिको वरदान नै हो, जसको सौन्दर्यतामा रमाउन लाखौ मानिसहरुले अभिलाषा राख्ने गर्दछन्, लाखौ मानिसहरुलाई आफ्नो अदभुत सौन्दर्यता प्रदर्शन गरेर दुनियाँलाई मोहित पार्ने गौमुखी क्षेत्रको आधारभूत पूर्वाधार भने निकै कमजोर छ । सरकारी निकायको उदाशिनता र राजनैतिक नेतृत्वको चुनावी नाराले गौमुखीको अदभुत प्राकृतिक वैभवता त्यत्तिकै खेर गइरहेको छ । जसका कारण ग्रामीण पर्यटन विकासको मोडेलको प्रवाहलाई अवरोध गरिरहेको छ । यद्यपी जिम्मेवारहरुको कानमा बतास चल्न सके पर्यटन पूर्वाधारमा सुधार भई
वर्षेनी लाखौ मानिसहरुको उचित गन्तव्य गौमुखी क्षेत्र बन्न सक्छ ।
करिब ५० हजार नागरिकको आर्थिक जीवन सुधारसंग सरोकार राख्ने गौमुखी क्षेत्रको पर्यटन कृषी, उर्जा वन र उद्यमको विकासमा पर्याप्त लगानी छैन, हुन त प्यूठान जिल्लाको गौमुखी क्षेत्रलाई प्रवद्र्धन गर्न केही सरकारी प्रयासहरु नभएका होइनन् तर योजनावद्ध विकासको अभावमा पर्यटकीय गन्तव्य गौमुखी क्षेत्र छाँयामा परेको छ ।यद्यपी स्थानीय समुदायको पहलमा गौमुखी पर्यटन विकास गुरुयोजना समेत तयार भएको छ, सोही अनुसार स्थानीयले पर्यटन प्रवद्र्धन गर्न गाँउ अभियान नै संचालन गरेकाछन् । तर समुदायको पहलले जागरण ल्याउने भएपनि आधारभूत पूर्वाधार निर्माणमा राज्यको अहम दायित्व हुन्छ । राज्यको दायित्व पुरा हुन नसक्दा गौमुखीको अदभुत सौन्दर्यता खेर गइरहेको पर्यटन सम्बद्धहरुको प्रतिकृया छ । गौमुखी क्षेत्रमा पाहुनाले भ्रमण गरेपनि पूर्वाधार गतिलो नहँुदा समस्या भएको उनीहरुको प्रतिक्रृया छ । स्थानीय राजनीतिक नेतृत्वले गौमुखीको विकासको लागि चुनावी नारा बनाउने तर जनआकाँक्षा अनूरुप कार्य नगर्दा गौमुखी क्षेत्रको पर्यटन पूर्वाधारमा अपेक्षाकृत विकास हुन नसकेको अर्खाका स्थानीय तुलबीर पुनले बताए।
पर्यटन विकासलाई व्यवस्थित गर्न जिल्लाको पर्यटन विकास गुरुयोजना तयार भएको स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताए, कार्यान्वयन गर्न दलहरुको सुझावको लागि पठाइएपनि त्यसको कुनै प्रतिकृया नआएकोले कार्यान्वयनमा जान नसकिएको स्थानीय विकास अधिकारी रेग्मीको प्रतिकृया छ ।
पर्यटनमैत्री सडक, प्याकेज ट्रेकिङ रुट, संचारको सहज पँहुच, व्यवस्थित होटेल्सको संचालन, प्रचार प्रसार, सबल होमस्टे,ऐतिहासिक प्राकृतिक राजनैतिक संपदाहरुको जिर्णाेद्धार गर्ने जस्ता कार्यमा विशेष लगानी हुनु पर्ने गुरुयोजनाले भनेको छ । पर्यटन विकासको महत्वपूर्ण आधार सडक दीगो तथा बाताबरणमैत्री अवधारणा अनुरुप निर्माण गरिनु पर्ने भनिएको छ । पर्यटनको मुख्य आधार सडक बिस्तार हुन जरुरी हुन्छ, त्यही कुरालाई मनन् गरेर सरकारले त्रिदेशीय पर्यटन मार्गको अवधारणा कार्यान्वयनमा ल्याउन शुरु गरेको छ । त्रिदेशीय मार्ग दाङदेखि प्यूठानको गौमुखी क्षेत्रहुदै बाग्लुङ पुराउने र उक्त पर्यटन सडक चीनको सिमानासम्म जोड्ने योजना अगाडि बढेको छ । बहुवर्ष बहुआयामीकको सडक आयोजना अन्तरगत ३६ किलोमिटर सडक दुरी प्यूठानको गौमुखी क्षेत्रमा पर्दछ । बहुआयामिक महत्वको उक्त मार्गको भविष्यपनि राजनीतिक स्वार्थ विवादमा बल्झिएको छ । प्यूठानका गौरवका यस्तै धेरै आयोजनाको यस्तै हालत छ, यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।
दलिय जवाफदेहिताको अभाव
राजनीति मुल नीति भएपनि राजनीतिभित्रको खिचातानी पर्यटन विकासका लागि काउछो बन्ने गरेको छ । त्यस्को गतिलो उदाहरण प्यूठानमा भेट्न सकिन्छ । राजनीतिक विचार अलग हुन सक्छन्, तर गौमुखी क्षेत्रको साझा विकासमा देखिएको शितद्वन्द्वले दलीय जवाफदेहिता नभएको प्रष्ट हुन्छ । विकासले राजनीतिलाई डो¥याउने समय आएपनि विकासे आश्वासनले पर्यटन विकासमा अप्ठ्यारो पारेको छ । राजनीतिक शोध प्रतिशोधले साझा एजेण्डालाई तुहाउने खेल हुने गरेका छन्, जसले समग्र नागरिकको जीवन सुधार र विकास प्रकृयाको पाँग्रोलाई अवरोध गरेको छ ।
पर्यटन बहुआयामिक विषय भएकोले यसको क्षेत्र व्यापक छ, व्यापक विषयसंग अन्तरसम्बन्धित मात्र होइन निर्भर रहन्छ, तसर्थ त्यसका लागि विशेष दीर्घकालीन योजना चाहिन्छ, त्यही कुरालाई मनन् गरेर जिल्लाको पर्यटन विकासको गुरुयोजना निर्माण अन्तिम चरणमा छ, दलीय उदाशिनता र विवादले कार्यान्वयनमा आउन सकेको छैन,यसले समग्र जिल्लाको पर्यटन विकासमा समस्या पैदा गरेको छ । पर्यटकीय रुटहरुको निर्माण, योजनावद्ध होमस्टेको स्थापना, स्थानीय उत्पादनको प्रवद्र्धन तथा उद्यमीकरण,योजनावद्ध तथा सुरक्षित लगानी,थप आकर्षणको विस्तार, पर्यटन शिक्षा र चेतना इत्यादी पर्याप्त नहँुदा गौमुखी क्षेत्रको पर्यटन विकासको भविष्यमाथि प्रश्न उठाइदिएको छ । तैपनि स्थानीयहरु कला संस्कृति संरक्षण प्रवद्र्धन र होमस्टेलाई प्रवद्र्धन गर्न कस्सिएका छन् । यद्यपी राजनीतिक नेतृत्व विवादमा रमाइरहेको छ । केही राजनीतिक नेतृत्वले चुनावी दाउपेचमा असहयोग गरेको स्थानीयको आरोप छ । अनि कसरी हुन्छ त पर्यटन विकास ? यही प्रश्नले उत्तर खोजिरहेछ । तसर्थ विकासप्रति राजनीति जवाफदेहिी बन्न आवस्यक छ ।
लेखक नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।