जनक नेपाली / दाङ
जिल्ला प्रशासन कार्यालयको मुल गेटमा उभिएका एक व्यक्तिले भाई आज त मेरो काम बन्छ होला है भन्दै फाईल बोकेका एक व्यक्तलाई भन्दै थिए । बाँकी हिसाव किताव पनि मिली सक्यो अस्ति पाँच हिजो पाँच जसरी भएपनि काम बन्नुपर्छ है भने । कार्यालयका कर्मचारी झै दुई बजे आनस् काम हुन्छ उनले भने । नागरिकता वनाउदा या पासपोर्ट बनाउदा सायद निवेदन र त्यसमा दश रुपैयाँको टिकट मात्र टासे पुग्छ तर सरकारी कार्यालयमा वरपर बसेका विचौलीयाँहरुले सेवाग्राहीलाई ठग्नु ठेगेका छन् । विचौलियाँ हरुले एउटै नागरिकता बनाउन सहयोग गरे वाफत सेवाग्राहीबाट चर्काै मुल्य असुल्दै आएको सेवाग्राहीको गुनासो छ ।सामान्य निवेदन लेखवाफत दुई देखि पाँच सय समेत दिनुपर्ने वाध्यता रहेको घोराही ८ का दिपेन्द्र अदै मगरले वताउँनुभयो ।

imageकर्मचारीलाई चिन्दैनौ उनिहरु संग सम्ंबन्ध हुदैन त्यसैलै काम गर्न सक्दैनौ उहाँले भन्नुभयो ।हामीले काम ग¥यौ भने दुईतिन दिन लाग्छ विचौलीयाहरुले काम गरे एकैदिनमा नागरिकता पासपोर्ट सबै बन्छ त्यसलै उनिहरुलाई पैसादिन वाध्य छौ उहाँले भन्नुभयो । पासपोर्ट वनाउँन आएको दुईदिन भैस्कयो अझै सम्म कामपुरा भएको छैन पैसा दिएपछि मात्र काम हुन्छ त्यसैले काम गरिदिए वाफत पैसा दिएका छौ उहाँले भन्नुभयो । हाकिम संग विचौलियाहरुको सिधै सम्पर्क छ उनिहरुले भनेपछि काम गरिदिन्छ त्यसैले पैसा खुवाएर काम गराउदै आएका छौ भन्नुभयो।

नियम संगत काम गराउदा फाटवालाले हप्ता दुईदिन सम्म काम गर्दैनन् अभिलेख माग्दा अभिलेख दिदैनन् कसरी सेवा पाउँनु मगरको भनाई छ ।आधा दिनमा आउने हाकिमले सेवाग्राहीको काम कसरी गलार्न ? सरकारी कर्मचारीका कारण हामी विचौलियाहरुलाई पैसादिनु पर्ने हाम्रो बाध्य हो । मैले काम गरेवाफत पन्ध्र यस रुपैयाँ दिएको छु । जिल्ला प्रशासन , मालपोत , नापिशाखा लगायतका विभिन्न स्थानमा विचौलियाहरुको ठुलो विगविगी छ जहा काम गरायौ त्यही पैसा दिनुर्पछ । लमही ११ का राजु चौधरीले गाउँबाटै विचौलीयाहरुको चलखेल हुने गरेको वताउँनु हुन्छ । गाउँमा घर जग्गा किन्न खोज्यो त्यतै उनिहरुले हामीलाई सताउँछन् अरु भन्दा सस्तो मुल्यमा घर जग्गा दिन्छौ भन्दै प्रलोभन पारेर भएजतिको सबै नाफा आफु उठाएर लैजान्छन् यस्तो कसरी हुन्छ मलाई थाहा छैन चौधरी भन्नुहुन्छ ।

मालपोत कार्यालयमा जग्गा नामसारी गर्न पुगेका चौधरीले विहान कार्यालयमा आएदेखि अहिले सम्म चार पाँच सय रुपैयाँ खर्च भैसस्यो अझै कति लाग्ने हो थाहा छैन ? जति मागे उति दिन तयार छौ पैसा नदिदा काम हुदैन पैसा दिएर भएपनि काम गराउनु । अधिकासं विचौलियाहरु जिल्ला प्रशासन मालपोत नापीशाखा अगाडी किराना पसल थापे जस्तै सेवा ग्राही ठग्दै कागज ल्याएर वसेका छन् चौधरीले भन्नुभयो । यी कार्यालयहरुमा आउने सेवाग्राही संग निवेदन लेख्ने , नागरिकता बनाउँने , पासपार्ड वनाउँने वाहानामा दैनिक हजारौ रुपैयाँ ठगी गर्दै आएका छन् । सामान्य बिस रुपैया देखि पाँच सय सम्मको निवेदनको मुल्य पर्ने गरेको सेवाग्राही भनाई छ। कतिपय विचौलीयाहरु लाईसेन्स नलिएर गर्दै आएको मालपोत कार्यालय दाङ सूचना अधिकृत भुपेन्द्रबहादुर देवकोटाले जानकारी दिनुभयो ।

हाल जिल्लामा दुईसय २३ जना लेखापढीको लाईसेन्स प्राप्त गरेका छन् । छन् कतिपयले अदालतले प्रदान गर्ने लार्यसेन्स नलिएर काम गर्दे आएको सुनिएको छ त्यस्तो गर्न पाईदैन देवकोटाले भन्नुभयो । मालपोत कार्यालयमा यस्ता मान्छे हामी आउदैनन् केही वाहिर होलानन् त्यसमा हामीले केही भन्न मिल्दैन देवकोटाले भन्नुभयो । अधिकासं सरकारी अड्डमा देखिने विचौलियाका कारण सर्वसाधारणले दुःख पाउँदै आएका छन् । काम वनाउँनका लागि पनि नचाहेर पैसा दिने बाध्यात्म अबस्था रहेको छ । यसबारेमा सम्बन्धि कार्यालय समेत मौन बस्दै आएको छ । विचौलियाहरुले नागरिकलाई दिनदाडडै ठुगीगर्दा किन यी कार्यालयहरु मौन बस्नु बस्दै आएका छन् ?