दीपबहादुर घर्ती
जाजरकोट, ५ असोज । जिल्ला सदरमुकाम खलंगामा पोषण सुधारका लागि स्वास्थ्य आमा समुहद्धारा सर्वौतम पिठो उद्योग सञ्चालन गरिएको छ । वच्चा र आमाको पोषण सम्वेदनशिलतालाई ध्यान दिदै स्वास्थ्य आमा समुहले सर्वोतम पिठो उद्योग सञ्चालन गरेका हुन ।

14454645_1120383791389145_1244989127_nसदरमुकाम खलंगाको थाप्लेमा रहेको सिमिचौर स्वास्थ्य आमा समुहले सर्वोतम पिठो उद्योग सञ्चालन गरेको छ । स्थानिय अन्नवाली र गेडागुढीहरुवाट वनाईएको सर्वोतम पिठोवाट वच्चा र आमालाई चाहिने पुर्ण पोषण मिल्ने स्वास्थ्यकर्मीहरुले वताएका छन् । स्थानिय वालीमा वढी पोषण तत्व हुने भएका हुदा जिल्लामै वनाएको सर्वोतम पिठोवाट वच्चा र आमाको लागी वढि लाभदायक हुने कृषि प्राविधिकहरुको भनाई रहेको छ ।

गत वैसाख महिना देखि सञ्चालनमा आएको सर्वोतम पिठो उद्योग सिमिचौतारा स्वास्थ्य आमा समुहले सञ्चालन गरेको छ । मकै, गहुँ, चना, भट्ट भुटेर मेसिनमा पिसेर सर्वोतम पिठो वनाईने सिमिचौतारा स्वास्थ्य आमा समुह कि सचिव पदमा शाहले वताईन् ।

14459910_1120383768055814_568990114_nमेसिनमा पिसेको पिठोलाई मसिनो जालिले चालेर प्याकिङ गरिने गरिएको छ । आधा केलोको प्याकलाई ६० रुपैयामा उद्योगले विक्रि गर्ने गरेको सचिव पदम शाहको भनाई छ । २५ जना महिलाहरु सहभागि रहेको स्वास्थ्य आमा समुहले सञ्चालन गरेको सर्वोतम पिठो उद्योग सञ्चालनका लागि ५० हजारमा पिठो पिस्ने मेसिन खरिद गरेको सचिव शाहले जानकारी दिईन् ।

उक्त सर्वोतम पिठो ६ महिना भन्दा माथिका वालवालिकाहरुका लागि प्रयोग गर्न सकिने वताइएको छ । सर्वोतम पिठोवाट मानव स्वास्थ्यका लागि प्रोटिन र कार्वोहाइड्रेट प्राप्त हुने वताईएको छ । सर्वोतम पिठोलाई धुद तथा पानीमा पकाएर खाना सकिने वताईएको छ । ध्यु, नुन, चीनि लगाएतका अरु हरियो साँगपात राखेर पकाउन सकिने वताईएको छ ।