रेणु डिसी 
दाङ, ६ असोज । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् । शिक्षा विभागले यही असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेकोमा उनिहरुले फाराम नभरि बहिष्कार गर्ने निणय गरेका हुन् ।

imagesसरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिने वा भाग लिन नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’ लिने मध्य एउटा रोज्न आग्रह गर्दै आएको छ ।

अस्थाई शिक्षक आन्दोलन समिती दाङको आज घोराही ६ रझेनामा भएको भेलाले अस्थाई शिक्षकलाई एक पटकको लागि प्रतिसपर्धामा सहभागि गराई बाहिरिने शिक्षकलाई उपदान सरह सुबिधा दिनुपर्ने निर्णय गरेको छ ।

संघर्ष समितिका अध्यक्ष टंक ज्ञवालिको अध्यक्षता तथा श्याम कुमार रायमाझिको प्रमुख आतिथ्यतामा भएको भेलाले १५ सदस्यिय जिल्ला कार्य समितीलाई बिस्तारगरि २२ सदस्यिय अस्थाई शिक्षक संघर्ष समिति पनि गठन गरेको छ ।

दिपक कुमार गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण लालमणि खड्काले गर्नुभएको थियो । सरकारले शिक्षा ऐन आठौँ संशोधन अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भन्दै सरकारको यो प्रक्रियामा आफुहरु सामेल नहुने संघर्ष समितिले जनाएको छ । हाल जिल्लामा ४ सय अस्थाई शिक्षकहरु रहेका छन् ।।