दीपबहादुर घर्ती
जाजरकोट, ६ असोज । स्थानिय निकायको पुर्नसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा स्थानिय निकायको सिमा निधारण गरेर स्थानिय निकाय पुर्नसंरचना आयोगलाई प्रतिवेदन वुझाई सकेको छ । प्राविधिक सहयोग समितिको प्रतिवेदन प्रति जिल्लामा व्यापक रुपमा जनगुनासो वढ्न थालेको छ ।
14459684_1120443338049857_895325496_n
दुई निर्वाचन क्षेत्र, ११ ईलाका र ३० वटा गाउँ विकास समिति रहेको जिल्लालाई तीन नगरपालीका र तीन गाउँपालीकाको सिमा निर्धारण गरेर आयोगलाई प्रतिवेदन वुझाई सकेको स्थानिय निकाय पुर्नसंरचाना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी ईन्द्र गोतमले जानकारी दिएका छन् । सिमा निर्धारण गर्ने जिल्लाको प्राविधिक सहयोग समितिले दुरदराजका जनतालाई अन्याय हुने गरि सिमा निर्धारण गरेको भन्दै, स्थानियहरुले व्यापक रुपमा जनगुनासो गर्न थालेका हुन् ।

डोल्पाको सिमानासंग जोडिएका रग्दा र भगवति गाविसलाई नलगाड नगरपालीकासंग जोडेर आफुहरुलाई अन्याय गरेको भगवति–९ का जनक वोहराको भनाई छ । विकेन्द्रिकरण शासन प्रर्णालीमा सरकारी सेवा जनमुखी हुनुको साटो यस्तो संरचनाले जनविरोधी भएको वोहराको ठहर छ । विशाल एवं भौगलिक विकतालाई व्यवास्था गरि सिमा निर्धारण गरिएको भन्दै यसमा आफुहरुको असन्तुष्टि रहेको भगवति–६ की देवी विष्टको भनाई छ ।

भौगलिक विकता र भौतिकपूर्वाधारका हिसावले निकै पछाडी परेका गाउँ वस्तिहरुलाई नगरपालीमा राखेर जनतालाई अन्याय गरेको रग्दा–९ का किशोर मल्लले वताए । उनले भगवतिको सिउन, रग्दाको मंसिरीमा वसोवास गर्ने नागरिकहरुले नगरपालीकाले लगाउने कर तिर्न नसक्ने तर्क गरेका छन् । साथै नगरपालीकाको नम्स भित्र रहेर नक्सा पास गरेर नागरीकहरुले घर वनाउन नसक्ने मल्लको भनाई छ । नेपाली कांग्रेस निकट विद्यार्थी नेता समेत रहेका किशोर मल्लले स्थानिय तहको संरचना निर्माणमा राजनैतिक पार्टीका नेताहरु जिम्मेवार हुन नसकेको आरोप लगाए ।

त्यसैगरी जिल्लामा निर्धारण गरिएको स्थानिय निकायको संरचनालाई संविधानले गरेको व्यवस्था (स्थानिय, प्रादेशिक र संघ गरी तीन तहको) विपरित भएकोे नेकपा एमालेका नेता डम्वरबहादुर सिंहको भनाई रहेको छ । जिल्लावाट संघका लागि एकजना मात्र संसद निर्वाचित हुुने प्रावधान भएता पनि प्रादेशिक सरकारका लागि दुई जना विदायक निर्वाचित हुनु पर्ने भएको हुदा साविकको निर्वाचन क्षेत्रको संरचनालाई भत्काउन नहुने सिहंको भनाई छ । साविकको निर्वाचन क्षेत्र नं. १ मा पर्ने ढिमे, पैंकलाई निर्वाचन क्षेत्र नं. २ मा राखेर गलत गरिएको नेता सिंहले वताए ।

उत्ता स्थानिय निकाय पुर्नसंरचना तथा सिमा निर्धारण प्राविधिक सहयोग समितिले खलंगा, पुन्म, भुर र जगतिपुरलाई भेरीमालिका नगरपालीका, ढिमे, पैक, अर्छानी, टालेगाउँ, पजारु र झाप्रालाई कुशे तथा सरुगाड विशेष क्षेत्र गाउँपालीका, सुवानाउली, मजकोट, दहँ, कोर्ताङ र गर्खाकोटलाई चाँदे वा भैरी विशेष क्षेत्र गाउँपालीका, दशेरा, साल्मा, जुगाथापाचौर, थालारैकर, सिमा, कार्कीगाउँलाई छेडागाड नगरपालीका, डाडाँगाउँ, लहँ, खगेनकोट, रग्दा, भगवतिलाई नलगाड नगरपालीका, रामीडाडाँ, रोकायगाउँ, नायकवाँडा, सक्लालाई वारेकोट विशेष क्षेत्र नगरपालिकाका रुपमा सिमा र नाम निर्धारण गरेर पुर्नसंरचना आयोगलाई प्रतिवेदन वुझाई सकेको छ ।