शव्द : भुपेन्द्र वली / तस्वीर : केशरमान बिसी
त्रिभुवन विश्वविद्यालय अन्तर्गत दाङको घोराही स्थित राप्तिको सबैभन्दा पुरानो र जेठो क्याम्पसमा कुनै समय अध्ययन गर्ने विद्यार्थीहरुको लस्कर हुन्थयो । राप्ति अञ्चलका प्रायः जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागी अधिकाँश विद्याथी महेन्द्र क्याम्पस आउने गर्थे । क्याम्पसले उत्पादन गरेका कैयन विद्यार्थी अहिले राज्यको उच्च ओहोदामा पनि छन । नेपालका वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनः देखि लिएर , सभामुख ओनसरी घर्ती, पुर्व गृहमन्त्रि शक्ती बहादुर बस्नेत , सामान्य प्रशासन मन्त्रि रेखा शर्मा , पुर्वअर्थमन्त्रि वर्षमान पुनः अन्नत लगायत सुची तयार पार्दे गयो भने महेन्द्र क्याम्पसमा अध्ययन गरेका भिआईपी हरुको लिस्ट लामो बन्छ ।

14393239_1194781233918547_1176304509_oतर आफनै विद्यार्थीहरु राज्यको उच्च ओहोदामा पुग्दा समेत क्याम्पसको अवस्था भने दिनप्रतिदिन खस्कदै गएको छ  । हजारौंको संख्यामा खचाखच विद्यार्थी हुने क्याम्पस भवनका कोठा हिजोआज सुनसान हुन्छन । चर्कीएर धाँजा धाँजा परेको हजुरबा पालाको भवनमा स्नातक तहका विद्यार्थी अध्ययन गर्न बाध्य छन ।‘ महेन्द्र क्याम्पसले राप्तिको शैक्षिक स्तर उकास्नका लागी ठुलो गर्यो । ’ महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति प्रविण शर्माले भने ‘ क्याम्पसले उत्पादन गरेका विद्यार्थी हाल राज्यको उच्च ओहोदामा छन् । तर जिर्ण बनेका क्याम्पसका भवन र खस्कदै गएको अवस्थाप्रति कसैको ध्यान पुगेको छैन । खोला त¥र्यो लौरा बिर्सेयो भने जस्तै भएको छ । गुरु दक्षिणा सम्झेर भएनि क्याम्पसको स्थिीति उकास्न सहयोग गर्नुपर्ने हो । ’

14393251_1194781193918551_382976810_oउक्त क्याम्पसमा हाल स्नातकोतर तह सम्म पढाई हुँदै आएको छ । स्नातक तहमा मानविकी , शिक्षा , विज्ञान ,व्यवस्थापन विषयमा पढाई हुदै आएको छ भने स्नातकोतर तहमा व्यवस्थापन , अंग्रेजी,नेपाली, राजनितीशास्त्रमा पढाइ भइरहेको छ । तर यति धेरै विषयमा पढाई भएतापनि विद्यार्थीको चाप भने न्युन छ । क्याम्पस प्रमुख विमल सुबेदीले दिएको जानकारी अनुसार  ५० देखि ६० नयाँ विद्यार्थी प्रतिवर्ष स्नातक तहमा मानविकी र विज्ञान संकायमा भर्ना हुन्छन् । यस्तै स्नातकोतर तहमा त झनै एक दर्जन विद्यार्थी पुग्न पनि धौ धौ हुने गरेको छ । विद्यार्थी नहुँदा वर्षो यता कैयन संकायका प्राध्यापकहरुले नपढाएरै तलब बुझीरहेका छन् ।

८ वर्ष बित्दा पनि बनेन भवन
२०६५ सालदेखि क्याम्पसमा नयाँ भवन निर्माणका प्रक्रिया थालिएपनि ८ वर्ष लामो समय बित्दा पनि त्यो पुरा हुन सकेको छैन् ।भवन निर्माणका लागी भनेर आएको करोड बढी रकम बैंक खातामा थन्किएको छ । क्याम्पसको भवन जिर्ण बन्दै गएपछि त्रिभुवन विश्वविद्यालयले ०६५ सालमा नयाँ भवन निर्माण गर्न भन्दै शुरुवातमा २५ लाख रुपैया उपल्बध गराएको थियो । त्यसयता पटकपटक विभीन्न प्रक्रिया मार्फत १ करोड बढी रकम नयाँ भवन निर्माणका लागी क्याम्पसको बैंक खातामा जम्मा भईसकेको छ ।

14375241_1194781287251875_51316095_o1त्यसयता ३ जना क्याम्पस प्रमुख समेत फेरिसकेको छन् । तर नयाँ भवन भने अझै बनेको छैन । ‘ शुरुवाती चरणमा नक्सा पासमा समस्या आएपछि भवन निर्माणका लागी आएका रकम क्याम्पसमा तलबभता खुवाएर सकाईयो ।’ क्याम्पस प्रमुख सुबेदीले भने ‘ त्यसपछिको मेरो प्रयासले वार्षीक किस्ताबन्दीमा त्रिविले ०७२ सालसम्म १ करोड रुपैया उपल्बध गराएको छ । तर बिचमा भएको नाकाबन्दी , प्रक्रियागत समस्याहरुका कारण भवन बनाउन सकेका छैनौ ।

रोकियो जिविसको सहयोग
क्याम्पसले केही वर्षअघि सम्म जिल्ला विकास समीति दाङमार्फत आर्थीक सहयोग पाँउदै आएको थियो । शुरुवाती चरणमा वार्षीक १० लाख र बिस्तारै अन्य क्याम्पसले पनि सहयोगका लागी दाबि गर्न थालेपछि वार्षीक ३ देखि ५ लाख जिविसले कयाम्पसलाई आर्थीक रकम उपल्बध गराउदै आएको थियो । तर हाल जिविसले उक्त सहयोग पनि उपल्बध गराएको छैन् ।‘ त्रिविबाट सम्बन्धन प्राप्त संकायमा विद्यार्थीको संख्या न्युन छ । क्याम्पसको व्यय भारका लागी निजी तवरबाट सञ्चालीत संकायमा निर्भर छौं । क्याम्पस प्रमुख सुबेदीले भने ‘ जिविसले पनि हाल सहयोग बन्द गरिदिएको छ ।अहिले सम्म त जेनतेन थेगेका छौं । तर भविष्यमा यही अवस्था कायम रहे क्याम्पस सञ्चालन हुन गाह्रो छ । ’

14407927_1194781363918534_1687283751_o

क्यान्टीन सञ्चालनमा जिविसले अट्कायो
करिब १० लाख लगानीमा निर्माण सम्पन्न भएको क्याम्पसको क्यान्टिन पनि सञ्चालनमा आउन सकेको छैन । जिविसको सहयोगमा उक्त क्यान्टिन २ वर्ष अघि निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएतापनि जिविसले क्यान्टिन भवन कयाम्पसलाई हस्तान्तरण नगर्दा सञ्चालन गर्न नपाएको क्याम्पस प्रमुख सुबेदीले बताए । ‘ भवन निर्माण भईसकेको क्यान्टिन सञ्चालनका लागी जिविसले हामीलाई हस्तान्तरण गर्न आवश्यक छ । क्याम्पस प्रमुख सुबेदीले भने ‘ तर पटकपटक धाँउदा पनि जिविसले हस्तान्तरणका लागी चासो नदिएपछि सञ्चालनमा ल्याउन सकेका छैनौं । ’

14423848_1194781330585204_751653941_o