काठमाडौं, ६ असोज । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

kamini-raj-bhandariप्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी संञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेको तीन जना प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन् ।

समितिले सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । पोखरेल नेपाल टेलिकमकै प्रवन्धक हुन् भने खरेल नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।