इन्द्रेणी संवाददाता
दाङ, ६ असोज। भदौ २८ गतेदेखि मेची–महाकाली साएकल यात्रामा निस्किएका दाङका साइकल यात्री रमेश केसीलाई ठाउँठाउँमा नागरिक अभिनन्दन गरिएको छ ।
लायनस क्लव अफ घोराही सिटिका उपाध्यक्ष समेत रहेका केसीलाई आज विहीबार दाङको अमिलियामा भब्य नागरिक अभिनन्दन गरिएको छ । यात्रा सुरु गरेको ११ दिनपछि अमिलिया आइपुगेका केसीलाई अभिनन्दन गरिएको हो ।
नेपाली विविधता शान्ति र एकता मुख्य नारा लिएर मेची–महाकाली साईकल यात्रामा निस्केका केसीले मेची नदीको पानी महाकालीमा मिसाएर पुर्व र पश्चिमको पानी सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीलाई एकता र सद्भावको सन्देश प्रवाह गर्न भन्दै बुझाउने कार्यक्रम समेत उनले तय गरेका छन् ।