पोखरा, ६ असोज। पर्यटकीय सहर पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारिक वातावरण चाहानेलाई लक्षित गरी बार सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए ।
शहर पोखरामा नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुको चाहना पुरा गराउन स्पोर्टस बार एण्ड ग्रिल सञ्चालनमा ल्याएको भट्टराईले बताए । पोखराकै पहिलो स्पोर्टस बार भएकाले अन्य बारमा भन्दा विषेश विषेता रहेको उनको दावी छ ।
बार भित्र फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको उनले बताए । ‘बारमा जन्मदिन, म्यारिज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाइएको छ,’ उनले भने । बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइनेछ । सञ्चालक भट्टराईले करिब २ करोडका लागतमा बार सञ्चालनमा आएको बताउदै बारमा एकै पटकमा ३ सय जनासम्मले मनोरन्जन लिन सक्ने छन् ।