रुकुम, ६ असोज । रुकुम पिपल गाविसका स्थानीयहरुले आफू ऋणमा डुबेर भएपनि गाउँलाई झिलिमिली पारेका हुन् । नवभिजन जलबिद्युत सहकारी संस्था लिमिटेड मार्फत उनीहरुले गाउँमै १ सय १० किलोवाट क्षमताको बिद्युत उत्पादन गरि गाउँलाई अध्यारोमुक्त बनाएका छन् ।
batti
सहकारी मार्फत २०७१ मंसिर देखि बिद्युत उत्पादनको काम शुरु गरेका उनीहरुले २०७२ मंसिरमै बिद्युत सञ्चालन गरेका थिए । बिद्युत उत्पादन शुरु भएर जिल्लाका बिभिन्न ठाउँमा लामो समय सम्म बिद्युत सञ्चालन नभईरहेको अवस्थामा त्यहाँका स्थानीयहरुको सहभागितामा छोटो समयमै बिद्युत सञ्चालनमा आएको छ । उक्त बिद्युत उत्पादनमा करिब २ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।

उक्त रकम स्थानीय ब्यक्ति तथा संस्थाहरुको शेयर लगानी र केहि ऋण गरेर पनि बिद्युत सञ्चालन गरिएको छ । बिद्युत नहर, बिद्युत पोल र बिद्युत उत्पादन गृह स्तरबृद्धि सहित बाहिरी तारबार गर्न अझै ३ लाख बढी रकम खर्च हुने बताईएको छ । त्यसका लागि अपुग केहि खर्च रकमका लागि स्थानीयहरुले अनुदान माग गर्न एक समिति पनि गठन गरेका छन् ।।