दाङ, ६ असोज । दाङ तुलसीपुर ६ गोलौरामा रहेको ट्रान्सफर्मर पड्कदा तीन गाउँका वासीन्दा अन्धकारमा वस्न वाध्य भएका छन् । भदौ ३० गते पट्एिको ट्रान्सफर्मर अहिले सम्म पनि मर्मत नगरीदा गोलौरा, नयाँगाउँ र राईखल्यानका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् ।
load-300x240बिद्युत नहुँदा त्यहाँका साना ठूला उद्योगहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । एक हप्ता देखि लाइन नहुँदा त्यहाँका नागरिक मोवाईल चार्ज गर्न समेत छिमेकी गाउँमा जाने गरेको स्थानिय मनोज कुमार आचार्यले जानकारी दिनु भएको छ ।

विद्युत प्राधिकरण तुलसीपुरले भने मर्मतको काम भईरहेको र आज साझ सम्म सम्म विद्युत सूचारु हुने जानकारी दिएको छ । प्राधिकरण शाखा कार्यालयमा जगेडा ट्रान्सर्फमर नभएको र मर्मतका लागि नेपालगञ्ज पठाएको र  ट्रान्सर्फमर आउन समय लागेकाले विद्युत सुचारु गर्न ढिला भएको प्रधिकरण शाखा प्रमुख टंकराज गिरीले बताउनु भयो ।।