काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको विरोधी पार्टी नभएको दावी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार शुरु सातौं केन्द्रीय कमिटिको बैठकअघि अध्यक्ष ओलीले एमाले नेपालीको पार्टी भएको भन्दै एमालेले अतिवादको, उग्रजातिवादको सदैव विरोध गर्ने बताए ।

kp-oli-624x392ओलीले एमालेलाई कसैले चहाँदैमा फुटाउन नसक्ने पनि दावी गरे । ‘एमाले यस्तो पार्टी हो जो सुकैले न फटाउन सक्छन् न त केही विगार्न सक्छन्’, उनले भने, ‘यो जनताको पार्टी हो कसैको विरोधी पार्टी होइन ।’

लामो इतिहास बोकेको पार्टी भएकाले यसको राष्ट्रप्रति पनि विशेष जिम्मेवारी रहेको बताए । ओलीले एमाले भनेको हावाले उडाएर लैजाने सिमलको भुवाजस्तो नभएको भन्दै लामो इतिहात बोकेको पार्टी रहेको बताए । ओलीले गुटबन्दीले पार्टीमा बिग्रेको आरोप लागिरहेका बेला बैठकबाट पार्टीमा रहेका सबै समस्या हल गरेर झनै एकतावद्ध भइ अघि बढ्ने दाबी गरे ।