इन्द्रेणी संवाददाता
सल्यान, ५ असोज । चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाई चित्रण गर्न गरिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारीमा छ ।
यो चलिचित्र सल्यान र प्युठानमा छायांकन गरिएको छ । मौलिक संस्कृतिको जगेर्ना गर्ने सन्देश बोकेको यो चलचित्रलाई म्युजिक भिडियोमा निर्देशन गर्दै आइरहेका दिप सागरले निर्देशन गरेका छन् । पुरानो पुस्ता दशैंतिहारको विचमा देशभर एक साथ रिलिज हुने निर्देशक सागरले बताए ।
यो फिल्मको ट्रेलर युट्युवमा सार्वजनिक भइसकेको उनले बताए ।











