काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने बताएका छन् ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले शान्ति दिवसको अवसरमा गरेको आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पूनर्निर्माणको काम अघि बढ्ने बताए ।

pushpa-kamal-dahal-prachanda_650x400_81468312367‘गम्भीर प्रकृतिका अपराधमा मुछिएकाहरुलाई कुनै हालतमा उन्मुक्ति दिदैनौं’, उनले भने, ‘यो संक्रमणकालिन न्यायको विश्वव्यापी सिद्धान्तले पनि दिदैन, हामी यो सिद्धान्तअनुसार समाजमा मेलमिलाप कायम गर्छाै ।’

यस्तै शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति लिने उहाँले बताउनुभयो । सेना समायोजनदेखि हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले सकिएकाले अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा र्पुयाउनुपर्नेमा दाहालको जोड थियो ।