सोलुखुम्बु, ४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताएका छन् ।

प्रचण्ड सरकारले संघीय गठबन्धनका माग संविधान संशोधनको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाएकाले सरकार बाहिरै बसेर पनि समर्थन जनाएको अध्यक्ष यादवको भनाई छ । उनले संशोधनका लागि एमाले सहमत नभएको बेला अतिबादी सोच भएका नेताहरुको कारण देश द्धन्द्धमा जान संक्ने संभावनालाई औल्याए ।











