बहराइन, ४ असोज । बहाराइन कन्फिडेन्टलले आयोजना गरेको सुन्दरी प्रतियोगितामा नेपाली महिला उत्कृष्ट १० मा परेकी छन् । “व्युटिफुल उमन अफ बहराइन” नाम दिइएको प्रतियोगितामा पर्वतकी इन्दिरा क्षेत्री उत्कृष्ट १० मा छनोट भएकी हुन् ।

indira-kschetri-baharainदोश्रो पटक आयोजना भएको प्रतियोगितामा बिभिन्न देशका महिलाहरुल े सहभागिता जनाएका थिए । करिब ९ वर्ष देखि बहराईनमा काम गर्दै आएकी इन्दिरा साहित्य समाज बहराइनको उपाध्यक्ष , अन्तरास्ट्रिय कलाकार समाज बहराइनको सल्लाहकार समेत रहेकी छन् ।