नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफू माथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा यहाँको पीआर त्यागेर सोमबार साँझ नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास स्रोतले उल्लेख गरेको छ ।

_81289477_81289472लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस ९गृह मन्त्रालय० लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकामा होम अफिसले प्रक्रिया अगाडि बढाइएको जनाएको स्रोतले उल्लेख गरेको छ । गृहले काठमाडौंस्थित ब्रिटिस दूतावासमार्फत गर्न सकिने विकल्प समेत दूतावासलाई प्रस्तुत गरेको थियो ।

बेलायतमा कुनै आपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्षभन्दा बढी समय यूकेबाहिर रहे यहाँको आवासीय अधिकार रद्द हुने प्रावधान भए पनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् । लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका छन् ।