काठमाडौं, ४ असोज । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल प्रशिक्षण क्याम्पमा फर्किएका छन् । फ्लुका कारण ला लिगा अन्तर्गत स्पानियोलसँगको खेलमा मैदान बाहिर रहेका रोनाल्डो तथा हिपको चोटका कारण बाहिर रहेका बेल सोमबारदेखि प्रशिक्षण क्याम्पमा फर्किएका हुन् ।

gettyimages-535029706यी दुवै खेलाडी ला लिगा अन्तर्गत बुधबार राति हुने भिल्लारियलसँगको खेलमा मैदानमा हुने छन् ।
फ्लुबाट ग्रसित भएका रोनाल्डोलाई निको भएको र बेलको हिपको चोट पनि सामान्य रहेको रियल मड्रिडले जनाएको छ । दुवै खेलाडी आउँदो खेलमा खेल्न तयार छन् ।