इन्द्रेणी संवाददाता
दाङ, ४ असोज । दाङका शिक्षकहरुका लागि घोराहीमा बिभिन्न अन्र्तराष्टिय बिश्वविद्यालयबाट दिइने बिभिन्न अनलाइन कोर्ष र शिक्षणमा आएका नयाँ अवधारणा बारेमा जानकारी दिइएको छ ।
अमेरिकन दुतावास नेपालको सहयोग, नेपाल एशोसियशन अफ हम्फेरी फेलोसिपको समन्वय र बिकास तथा प्रशिक्षण केन्द्र दाङको आयोजनामा जिल्लाका माध्यमिक तथा निम्न माध्यमिक तहका निजी र सामुदायिक विद्यालयका शिक्षहरुकालागि ःभलतयचष्लन ब्अअभकक ःययअ ायच त्भबअजभचक ९ ःब्ःत्०, ग्क् भ्हअजबलनभ यउउयचतगलष्तथ र भ्(कअजयबिचकजष्उ ायच तभबअजभचक बिषयक कार्यशाला गोष्ठीमार्फत यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा बिकास तथा प्रशिक्षण केन्द्र दाङका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले विश्वमा बिभिन्न बिषयगत अवधारणा, अनलाइन कोषको शुरुवात तथा त्यसकालागि आवश्यक प्रक्रिया, अमेरिकी दुतावासले शिक्षक, विद्यार्थीहरुलाई दिने छात्रबृत्ति र अवधारणा लगायतका बिषयमा जानकारी दिएका थिए । सो अवसरमा सहभागिहरुलाई बिभिन्न अनलाइन कोर्षबारे प्रयोगात्मक रुपमा जानकारी र अभ्यास समेत गरेका थिए ।