काठमाडौं–  संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको जननिर्मित  संविधान जारी भएको ठिक एक बर्ष पुरा भएको छ । नेपालको नयाँ संबिधान जारि भएको पावन अबसरमा नेपाल सरकार तथा नेपाली जनताले भव्य स्वागत् गरेका छन् ।

55नेपाल सकारले काठमाडौंको  टुडिखेलमा बृहत कार्यक्रमको आयोजना गरि हर्सोल्लास पूर्ण तरिकाले स्वागत दिवस मनाएको थियो ।

14352440_1129185933815369_7366310890414721211_oनेपाल सरकारका तर्फबाट राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तीका सेता परेवा उडाएर स्वागत कार्यक्रमको सुरुवात गरेका थिए ।

11उता संविधान जारी भएदेखि नै यसको अन्तरबस्तुमा संसोधनको माग गर्दै आएका मधेशी दलले भने सहभागीता जनाएनन् ।
सरकारले काठमाडौंमा ‘स्वागत दिवस’ मनाएको केही घण्टामा मधेशी दलले चाहिँ मण्डलामा ‘कालो दिवस’ मनाएको छ ।
44
एक बर्ष अघि संविधान जारी भएको उपलक्ष्यमा पनि मधेशी दलले संविधान जलाएर विरोध गरेका थिए ।

33अहिले संविधान संसोधन गरेर मधेशी दललाई फकाउने सरकारी तयारी छ, तर मधेशी दलका मागका विषयमा प्रमुख दलवीच सहमति नजुटदा यो काम थाती छ ।

66