विकाश डाँगी
तुलसीपुर, ३ असोज । संविधान दिवसको अवसरमा दाङको तुलसीपुरमा रहेका बैकर्सहरुले रक्तदान कार्यक्रम गरेका छन । तुलसीपुर बैकर्स कल्वको आयोजनामा भएको रक्तदानमा यस क्षेत्रमा कार्यरत बैकर्सहरु तथा स्थानीयहरु गरि ४० जनाले रक्तदान गरेका छन ।
रगतदान जीवन दान भएकाले आफुहरुले संविधान दिवसको अवसर पारेर रगत दान गरेको क्लवका उपाध्यक्ष सरोज लामिछानेले वताउनु भयो । उहाले क्लवले तुलसीपुरमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दे आएको भन्दै यो कार्यले मानवीय सेवा हुने बुुझेको वताउनुभयो ।
तुलसीपुर बैकर्स क्लवका अध्यक्ष सरोज आचार्यको अध्यक्षतामा तथा उच्च अदालत तुलसीपुरका न्यायधिस श्रीमण कुमार गौतमको प्रमुख आतिथ्यतामा तथा रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उदघाटन गर्दे न्यायधिस गौतमले मानवीय सेवाको उच्च सेवा रगत दान भएको भन्दै क्लवले राम्रो कामको सुरुवता गरेको वताउनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन भण्डारीको स्वागत रहेका थियो ।











