विकाश डाँगी
तुलसीपुर, ३ असोज ।  दाङमा धुँवाले निसासिएर एकजना को मृत्युभएको छ । तुलसीपुरमा निमार्णको काम गर्दे आएका सल्यान जिल्ला फलावाङ गाविस वडा नं. ८ निवासी ५० वर्षीय इन्द्रलाल विष्टको धुँवाले निसासिएर मृत्युभएको हो । दाङ तुलसीपुर नगरपालिका वडा नं. ३ श्रीगैमा हरिकला भण्डारीको घरमा डेरागरी बस्दै आएका विष्टको मच्छेर धपाउन भन्दै बन्द कोठामा भुसेचुलो बालेपछि कोठाभरी ग्याँस भरिदा अक्सििजन अभवाले विष्टको मृत्यु भएको अन्य दुुइजना घाइते भएका छन ।

0870ff1c633f6fe52ed4512a08a08ed7अचेत अवस्थामा रहेका को राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेका इलाका प्रहरी कार्र्यालय तुलसीपुरले जनाएकोछ । निसासिएर घाइते भएक सल्यानकै धर्म योगी र टोपबहादुर विक को उपचार भइरहेका छ । बन्द कोठामा लामखुट्टे धवाउन बालेको भुसे चुलोको धुँवाले निसास्सिएर विष्टको मृत्युभएको र योगी र विक घाइते भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक सञ्तोष रोकाले जानकारी दिनुभयो ।