विराटनगर, ३ असोज । विराटनगरमा एक अर्बभन्दा बढीको लगानीमा ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण कार्य शुरु भएको छ । पूर्वाञ्चलको आवश्यतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा उक्त महल निर्माण शुरु गरेका हुन् ।

trader-joes-2-5एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण शुरु गरेको यो महल सम्भवत नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने समेत उनले बताए । जमिन मुनिको तलामा दुईसय ५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेण्टर, डिपार्टमेण्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाई छ ।

डिपार्टमेण्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटकोर्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जानकारी दिएको छ । एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ ।