काठमाडौं, ३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान संशोधनको तयारीमा रहेको बताएका छन् । संविधानको सर्वस्वीकार्यता अझै फराकिलो बनाउँदै लैजाने भन्दै दाहालले ‘संविधानको सफल कार्यान्वयनका लागि मधेसी, थारु, आदिवासी जनजातिलगायत समूदायका गुनासाहरुको यथोचित सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनाउने बताएका छन् ।

pushpa-kamal-dahal-prachanda_650x400_81468312367संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले दाहालले सरकार संविधान संशोधनको लागि गम्भीरतापूर्वक लागि परेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गर्न सरकार दृढ रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन गर्न र राष्ट्रिय एकतालाई अझै सुदृढ बनाउन सबै राजनीतिक दल तथा आम नेपालीको सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
(शुभकामना सन्देशसहित ह्र्नुहोस्)

19092016103548constitution-day-1-1000x0