काठामाडैं, २ असोज । आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न असोज २ गते आइतबारसम्म अल्टिमेटम दिएका प्राध्यापक डा. गोविन्द केसीले कार्यान्वयन हुने अवस्था नभएको भन्दै भोलि सामवारदेखि पुनः अन्सन वस्ने तावनी दिएका छन् ।

govinda-kcकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघको तेस्रो अधिवेशनमा शुभकामना दिन आएका उनले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकृति हटाउने अभियान अझै जारी रहेको बताए । ‘विकृतिविरुद्ध हामी फेरि लड्छौँ, अभियान अझै टुंगिएको छैन,’ उनले भने, ‘हाम्रो अभियानमा हिजो पनि सहयोग गर्नुभएको थियो, फेरि पनि तपाईंहरुको समर्थनको जरुरी छ ।