काठमाडौ, २ असोज। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले लडाकु शिवरमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।
जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो दलले ल्याएको पाँच सको अवधारणमा भ्रष्टाचारप्रति शून्य–सहनशीलता सहितको सुशासन, सदाचार समेत रहेको बताएका थिए ।
भ्रष्टाचार भएको हो भने निष्पक्ष छानबिन गर्नुपर्ने तर प्रचार मात्रै गर्न खोजिएको हो भने खारेज गर्नुपर्ने भट्टराईको भनाइ रहेको थियो । सो अबसरमा भट्टराईले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा स्वतन्त्र लोकपाल गठन गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको विषयमा छानबिन गरी मुद्दा हाल्नुपर्ने आवश्यकता रहेको बताए ।











