काठामाडौं, २ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन्।
भेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै उनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने बताए ।
नामका आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था रहेको र ती सिद्धान्त र आदर्श नेपालको परराष्ट्र नीतिका निर्देशक सिद्धान्तका रुपमा रहेका उनले उल्लेख गरे।










