काठामाडौं, २ असोज । चारदिने राजकिय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिम दिन आज योग गुरु रामदेवसँग भेटघाट गरेका छन् । बाबा रामदेबको पतञ्जली योग पीठ पुगेर प्रचण्डले भेटघाट गरेका हुन् ।

pra_ramdev-624x250राजनीतिक भेटवार्ता सकाएर आज फर्कन लागेका प्रधानमन्त्री प्रचण्ड पतञ्जली योग पीठमा योग गुरु बाबा रामदेबलाई भेट्न गरेका छन् । गत बर्षको भूकम्म आउँदा काठमाडौमा योग शिविर सञ्चालन गर्न आएका थिए । उनकै शिबिर सुरु भएकै दिन बैशाख १२ गते भूकम्प गएको थियो ।

त्यसपछि पतञ्जलीले भूकम्प पीडितहरुलाई तत्काल राहतकालागि खाद्यान्न र त्रिपाल वितरण गरेको थियो । प्रधानमन्त्रीले योगपीठमा नेपालको औषधी जन्य जडीबुटिबाट कसरी लाभ लिने भन्ने विषयमा छलफल गर्ने छन् । प्रधानमन्त्री दाहाल आजै दिउँसो १ बजेको उडानबाट काठमाडौ फर्कने कार्यक्रम छ ।