काठमाडौ, २ असोज । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृतिमा आज नेपाली काग्रेसलगायत, अन्य दल, संघ संस्थाहरुले विभिन्न कार्यक्रम गदैछन् ।

ganeshman_nabindraकाठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ । लौहपुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नुभएको थियो । वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए।

राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव , २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म उनी विपीसँगै रहेका थिए । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।