काठमाडौं, २ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । यादव आज ९ बजेको विमानबाट अमेरिका उडेका छन् ।

ramabar-yadhav-nepal_20150125012931_1नेपाल तथा भारतका विभिन्न स्वास्थ्य संस्थाहरूमा गराइएको परीक्षणले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पाइएपछि चिकित्सकको सल्लाअनुसार अमेरिकाको मिचिगन राज्यको डेट्रोइट शहरमा अवस्थित हेनरी फोर्ड अस्पतालमा उपचार गरिने भएको छ । उनको आगामी असोज १० गते शल्यक्रिया हुने तय भएको छ ।

उनको साथमा उनका छोरा डा।चन्द्रमोहन यादव, छोरी अनिता र एक सुरक्षाकर्मी छन् । उनी उपचार सकेर एक महिनापछि फर्कने कार्यक्रम छ । डा यादवको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । सरकारले यादवको उपचारका लागि ६० लाख पेश्कीस्वरुप दिने निर्णय गरेको थियो । उनले भने तीन करोड माग गरेका थिए ।