चितवन, १ असोज । चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ५२ वर्षीय लेखनाथ बर्तौलाको ज्यान गएको हो ।
घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेको समयमा बर्तौलालाई शुक्रबार दिउँसोदेखि बेपत्ता भएका र आज मात्रै उनी मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।











