इन्द्रेणी संवाददाता
घोराही, ३१ भदौ । घोराहीको लोटस ट्रेडिङ सेन्टरले सेन्टरमा अध्ययन गरेर भारतीय सेनामा भर्ती हुन जान लागेका आफ्ना १४ जना विद्यार्थीहरुलाई आज विदाइ गरेको छ । सेन्टरमा विदाइ कार्यक्रमको आयोजना गरी उनीहरुलाई अविर, खादा र खुकुरी क्रमस भाद्गाउँले टोली लगाएर विदाइ गरेको हो ।

14360503_1121361284621862_24404312_oलामो मेहनेत पछि १४ जना विद्यार्थीहरुले भारतीय सेनामा भर्तीका लागि नाम निकाल्न सफल भएको भन्दै सेन्टरका सञ्चालक विशाल रोका मगरले अब आफ्नो इमान्दारिता र कौसल रणभूमिमै गएर देखाउन शुभकामना दिए ।

14315572_1121361271288530_1503675763_oकार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुका साथै प्रमुख अतिथि दाङ जिल्ला सोल्जर बोर्डका सेक्रेटरी दलबहादुर थापा, विशिष्ट अतिथि थमनबहादुर वुढा, विपिन पुनलगायतले विदाइ भएर जान लागेकाहरुको सफलताको कामना गरेका थिए । कार्यक्रमको सहजीकरण कृष्णदेव थापाले गरेका थिए ।

14393858_1121361327955191_970122245_o

तस्विर : आरके शितल